Kathmandu Press

प्रतिनिधि सभाको अर्को बैठक साढे ६ बजे

दोस्रो चरणको बैठकमा सभामुखले एमसिसी पारितका लागि निर्णयार्थ पेश गर्नेछन्। 
प्रतिनिधि सभाको अर्को बैठक साढे ६ बजे

काठमाडौं, फागुन १५ : प्रतिनिधि सभाको बैठक साढे ६ बजे सम्मका लागि स्थगित भएको छ। 

एमसिसी सम्झौतामाथि सैद्धान्तिक छलफल सकिएपछि पहिलो चरणको बैठक सकिएको हो। सैद्धान्तिक छलफलमा विभिन्न राजनीतिक दलहरुले एमसिसीका बारेमा आ–आफ्ना धारणा राखेका थिए। 

सैद्धान्तिक छलफलपछि दोस्रो बैठकमा सामान्य छलफल हुनेछ। एमसिसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगित गरेका हुन्। 

दोस्रो चरणको बैठकमा सभामुखले एमसिसी पारितका लागि निर्णयार्थ पेश गर्नेछन्। 
 

प्रकाशित मिति: १८:१५ बजे, आइतबार, फागुन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्