राष्ट्र बैंकको पाँच अर्ब १६ करोडको ट्रेजरी बिल
काठमाडौं, माघ २१ : राष्ट्र बैंकले पाँच अर्ब १६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलका लागि आवेदन मागेको छ ।
बैंकले २८ दिनको लागि तीन अर्ब २५ करो....

काठमाडौं, माघ २१ : राष्ट्र बैंकले पाँच अर्ब १६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलका लागि आवेदन मागेको छ ।
बैंकले २८ दिनको लागि तीन अर्ब २५ करोड र ९१ दिनको लागि एक अर्ब ९१ करोड रुपैयाँको ट्रेजरी बिल सोमबार ल्याएको हो ।
राष्ट्र बैंकले सोमबार ३ बजेसम्म आवेदन दिनको लागि बैंकहरूलाई सूचना प्रकाशन गरेको छ । आवेदन मंगलबार खोल्ने छ । विगत राष्ट्रबैंकले ल्याउने ट्रेजरीमा बैंकहरुले खासै चासो भने दिने गरेका छैनन् ।
राष्ट्र बैंकले सोमबार मागेको ट्रेजरी बिलका लागि आवेदनमा ट्रेजरी बिलको ब्याज भने अधिकतम ४.०० र न्युनतम २.८१५३ प्रतिशत तोकिएको छ । बैंकहरूले दुई अर्बसम्मको आवेदन दिन पाउने छन् ।
प्रकाशित मिति: १२:३६ बजे, सोमबार, माघ २१, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1754206481.jpg)