एमसिसी परियोजना राष्ट्रिय हितमा छैन, खारेज हुनुपर्छ : दुर्गा पौडेल
काठमाडौं, फागुन १५ : राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले एमसिसी देशको हितविपरित भएका कारण अनुमोदन गर्न नहुने बताएकी छन्। एमसिसीका बारेमा निर्णय गर्दा नेपालको...
काठमाडौं, फागुन १५ : राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले एमसिसी देशको हितविपरित भएका कारण अनुमोदन गर्न नहुने बताएकी छन्। एमसिसीका बारेमा निर्णय गर्दा नेपालको असंलग्न परराष्ट्र नीतिलाई स्मरण गर्न पनि आग्रह गरेकी छन्।
एमसिसी आर्थिक परियोजना भएको भनिएपनि अमेरिकी अधिकारीहरुले नै हिन्द प्रशान्त रणनीति (इन्डो–प्यासिफिक रणनीति) अनुसार रहेको बताएका कारण यसले नेपालको सार्वभौम अधिकार खण्डित हुने बताएकी छन्।
एमसिसीले भविष्यमा देशलाई खतरामा पार्ने पौडेलले बताएकी छन्। इन्डो प्यासिफिकबाट अमेरिकाले चीनलाई घेराबन्दी गर्ने रणनीति भएका कारण नेपाल त्यसमा संलग्न हुन नहुने बताएकी हुन्। अमेरिकाको अभिष्ट पूरा गर्न नेपालले सहयोगी भूमिका खेल्नु भविष्यमा अभिशाप साबित हुने उनले बताइन्।
उनले एमसिसीलाई परिमार्जन भन्दा खारेज नै गर्नुपर्ने बताएकी छन्। उनले राष्ट्रियतामा जोडिएको विषयमा छलफल गर्नका लागि संसद अवरोध हटाउनुपर्ने बताएकी छन्।








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)