एमसिसी सार्वभौम मुलुकका लागि आपत्तिजनक रहेकाले पारित गर्नुहुन्न : मेटमणि चाैधरी
काठमाडाैं, फागुन १५ : नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले एमिससी पारित गर्न नहुनेमा जोड दिएका छन्। एमसिसीमाथिकाे सैद्धान्तिक छलफलमा भाग लिँदै उनले एमसिसी पारित...
काठमाडाैं, फागुन १५ : नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले एमिससी पारित गर्न नहुनेमा जोड दिएका छन्। एमसिसीमाथिकाे सैद्धान्तिक छलफलमा भाग लिँदै उनले एमसिसी पारित गर्न नहुनेमा जोड दिएका हुन्।
पार्टी व्याख्यात्मक घोषणा गरेर एमसिसी पारित गर्ने पक्षमा उभिए पनि उनले एमसिसी इन्डो प्यासिफिक रणनीतिको एउटा अंग भएको र त्यसलाई पारित गरे भविष्यमा अमेरिकाले नेपाललाई सैनिक अभ्यासको क्षेत्र बनाउन सक्ने आशंका उनले गरे।
नेपाल असंलग्न परराष्ट नीति मान्ने मुलुक भएको र पञ्चशीलको सिद्धान्तका आधरमा सबै राष्ट्रसँग समान व्यवहार गर्ने भएकाले एमसिसी पारित गर्दा त्यो सिद्धान्तविपरीत हुन जाने भएकाले त्यसका विरुद्धमा उभिन उनले सांसदहरुलाईउ आग्रह गरे।
एमसिसी हेर्दा सामान्य लागे पनि यसले घातक परिणाम ल्याउन सक्ने उनको भनाइ थियो। महाकाली सन्धिको स्मरण गराउँदै उनले महाकाली नदी बाँडिएको, लिम्पयाधुरा, लिपुलेकमा भारतीय सैनिकले हैकम जमाएको पनि बताए।
एमसिसी पनि सार्वभौम मुलुकका लागि घोर आपत्तिजनक विषय भएको उनले बताए। एमसिसी संविधानको धारा २७९ विपरीत रहेकाले पारित गर्न नहुनेमा उनले जोड दिए।








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)