न्यायनिरुपण प्रक्रियालाई प्रभावकारी बनाउनुपर्छ : राष्ट्रपति भण्डारी
काठमाडाैं, फागुन १५ : राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायसम्बन्धीको आधारभूत मान्यतालाई आत्मसाथ गर्दै न्यायनिरुपण प्रक्रियालाई प्रभावकारी बनाउनुपर्ने बताएकी छन्। आइतबार काठमाडौंमा नेपाल बार एशोसिएशनको १५औँ अखिल...
काठमाडाैं, फागुन १५ : राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायसम्बन्धीको आधारभूत मान्यतालाई आत्मसाथ गर्दै न्यायनिरुपण प्रक्रियालाई प्रभावकारी बनाउनुपर्ने बताएकी छन्।
आइतबार काठमाडौंमा नेपाल बार एशोसिएशनको १५औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले समयमा नै न्याय प्रदान गर्न र स्वतन्त्र न्यायापालिकाको मर्म र मान्यतालाई कायम राख्दै न्यायनिरुपण प्रक्रियालाई प्रभावकारी बनाउनुपर्ने बताएकी हुन्।
राष्ट्रपति भण्डारीले कानुन व्यवसायीलाई आफूलाई अध्यावधिक गर्दै लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समता र न्यायपूर्ण समाज निर्माणमा समर्पित हुन आग्रह गरिन्।
राष्ट्रपति भण्डारीले स्वतन्त्र न्यायपालिका, कानुनको शासन, संधिवानको सर्वाेच्चता, मानवअधिकार र कानुन व्यवसायीको हकहित र न्यायका उपभोक्ताको अपेक्षा पूरा गर्न बार एशोसिएशनले थप प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिइन्।
राष्ट्रपति भण्डारीले व्यवस्थापिका र कार्यपालिकाको चरित्र राजनीतिक हुने भएकाले यसका बीचमा यदाकदा उठ्ने अधिकार क्षेत्रसम्बन्धीका विषयमा कानुन व्यवसायीले निष्पक्ष भूमिका खेल्नुपर्ने बताइन्।
त्यस्तै नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले गुणस्तरिय कानूनका लागि आफुहरु सचेत रहेको बताउनुभयो । उहाले न्यायलयलाई भ्रष्टाचारमुक्त बनाउनका लागि आवश्यक कदमका बारेमा सम्मेलनमा छलफल हुने उल्लेख गरे।
सम्मेलनमा राष्ट्रपति भण्डारीले नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष ज्येष्ठ कानुनविद् ९५ वर्षीय कृष्णप्रसाद भण्डारीलाई ‘कानुन वङ्मय शताव्दी पुरुष’बाट दोसल्ला ओढाइ कदरपत्रद्वारा सम्मान गरेकी थिइन्।








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)