एमसिसी सम्झौताको पक्षमा छु : महन्थ ठाकुर
काठमाडौं, फागुन १५ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुुरले आफू एमसिसीको पक्षमा रहेको बताएका छन्। प्रतिनिधि सभामा पेस भएको एमसिसीका बारेमा सैद्धान्तिक...
काठमाडौं, फागुन १५ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुुरले आफू एमसिसीको पक्षमा रहेको बताएका छन्।
प्रतिनिधि सभामा पेस भएको एमसिसीका बारेमा सैद्धान्तिक छलफलमा सहभागि हुँदै ठाकुरले आफू र आफ्नो पार्टी एमसिसीको पक्षमा रहेको बताएका छन्।
उनले नेपालको विकासका लागि अमेरिकाले सात दशकदेखि सहयोग गर्दै आइरहेको र एमसिसी पनि विकास निर्माणकै लागि आएको बताएका छन्।
एमसिसीले उठाएका गरिवी निवारण, आम जनताको जीवनस्तर सुधार, ट्रान्समिसन लाइन, सडक विस्तार लगायतका परियोजनाहरु सञ्चालन हुने सकारात्मक पक्ष रहेको बताए।
उनले एमसिसी नेपालले त्यत्तिकै नपाएको पनि बताएका छन्। नेपाल एमसिसीका लागि योग्य भएका कारण ठूलो रकम अनुदान आएको बताए। यसबाट मुलुक समृद्ध हुने र थप शक्तिशाली हुने बताए
प्रकाशित मिति: १५:५७ बजे, आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)