व्याख्यात्मक घोषणासहित एमसीसीको पक्षमा उभिने एकीकृत समाजवादीकाे निर्णय

काठमाडाैं, फागुन १५ : नेकपा एकीकृत समाजवादीले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदनको पक्षमा उभिने निर्णय गरेको छ।
आइतबार काठमाडौंमा बसेको समाजवादीको स्थायी कमिटी बैठकले एमसीसीमाथि व्याख्यात्मक घोषणालाई सर्मथन गर्दै अनुमोदनका पक्षमा उभिने निर्णय गरेको नेता गंगालाल तुलाधरले जानकारी दिए।
उनले एमसिसी राष्ट्रको हितविपरीत रहेकाले यसमा थप व्यख्या आवश्यक परेको बताए। यसअघि बालुवाटारमा बसेको गठबन्धन बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति: १५:३० बजे, आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)