एमसिसीकाे विपक्षमा उभिन भीम रावलकाे आह्वान
काठमाडाैं, फागुन १५ : एमाले नेता भीम रावलले एमसिसी सम्झौता अनुमोदनसम्बन्धी प्रस्ताव अस्वीकार गरियोस् भनी आह्वान गरेका छन्।सभामुख अग्निप्साद सापकोटाले एमसिसीमाथि सैद्धान्तिक छलफल...
काठमाडाैं, फागुन १५ : एमाले नेता भीम रावलले एमसिसी सम्झौता अनुमोदनसम्बन्धी प्रस्ताव अस्वीकार गरियोस् भनी आह्वान गरेका छन्।
सभामुख अग्निप्साद सापकोटाले एमसिसीमाथि सैद्धान्तिक छलफल गर्न समय छुट्याएपछि भीम रावलले पनि आफ्ना धारणा राख्दै एमसिसी सम्झौता अनुमोदन गर्न नहुनेमा जोड दिए।
एमाले अन्य सांसदहरूले वेल घेराउ गरेर नाराबाजी गरिरहेका बेला उनी रोस्ट्रममा पुगेर एमसिसी संविधान र राष्ट्रहितविपरीत रहेको भन्दै अन्य सांसदहरूलाई पनि पक्षमा मत नदिन उनले आह्वान गरेका हुन्।
एमसिसीमा रहेको कतिपय प्रावधानले नेपालको सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता र आत्मनिर्णयको अधिकार, स्वाभिमान र हितमा आघात पु¥याउनेृ उनले बताए।
एउटा प्रावधानले एमसिसी सम्झौता ५ वर्ष रहने व्याख्या गरे पनि अन्य प्रावधान हेर्दा अनिश्चितकालका लागि त्यो रहने उल्लेख भएको उनले बताए। सो अवधिमा विद्युत प्रसारण लाइन र त्यसले चर्चेको जग्गा त्यसकै अधीनमा रहने पनि उनले बताए।
एमसिसी लागु गरे नेपालले वर्तमानमा रहेको र भविष्यमा बन्ने अमेरिकी कानुन मान्नुपर्ने अवस्था आउने उनले बताए। त्यसबाट अमेरिकाको स्वार्थ अनुकूल हिँड्नुपर्दा नेपालको स्वतन्त्र परराष्ट्र नीति र असंलग्न पराष्ट्र नीतिमा आँच आउने पनि उनको भनाइ थियो।
एमसिए नेपाल एमसिसीप्रिति पूर्ण उत्तरदायी हुने र त्यसलाई एमसिसीले नीतिनिर्देशन दिने, नेपाल सरकारले एमसिएलाई कुनै अधिकार र निर्देशन दिन नपाउने, एमसिए बोर्ड नृेपालबाट स्वतन्त्र हुने उनको भनाइ थियो।
एमसिसीको नियम संशोधनमा नेपिाल सरकारको भूमिका नरहने, आयोजनाका लागि सामग्री आपूर्ति अमेरिकी कानुन अनुसार हुने, एमसिसीको सुझाव नेपाल सरकारले मान्नेपर्ने व्यवस्थाले नेपाललाई औपनिवेशीकरणको बाटोमा धकेल्ने उनले बताए।
नेपालले दिने १३ करोड रकम दिनुपर्ने तर सबै रकमको व्यवस्त.थापन र नियन्त्रण एमसिसीले गर्ने, बैंक खातामा रहने रकममा एमसिसीको अधिकार रहने,बौाद्धिक सम्पत्तिमा एमसिसीको एकलौटी अधिकार रहने, आयोजनबाट क्षति पुग्न गए दायित्वबाट मुक्त हुने लगायत प्रावधानविपरीत रहेको भन्दै उनले विपक्षमा मतदान गर्न सबै सांसदहरूलाई आग्रह गरे।
होहल्लाबका बीचमा एमसिसी पास गर्न खोज्नु देशप्रतिको गद्दारी भएको उनले बताए। व्याख्यात्मक घोषणाको पनि कुनै औचित्य नरहेको उनले बताए।








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)