Kathmandu Press

संसद अवरोध हटाएर मात्र एमसिसीबारे छलफल चलाउन झलनाथको आग्रह 

काठमाडौं, फागुन १५ : नेकपा (एकिकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले संसदमा जारी अवरोध खुलाएर मात्रै एमसिसीका बारेमा छलफल चलाउन आग्रह गरेका छन्। प्रतिनिधि...
संसद अवरोध हटाएर मात्र एमसिसीबारे छलफल चलाउन झलनाथको आग्रह 

काठमाडौं, फागुन १५ : नेकपा (एकिकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले संसदमा जारी अवरोध खुलाएर मात्रै एमसिसीका बारेमा छलफल चलाउन आग्रह गरेका छन्। 

प्रतिनिधि सभामा एमसिसीमाथिको सैद्धान्तिक छलफलमा बोल्दै नेता खनालले एमसिसीका बारेमा देशभर विभिन्न टिकाटिप्पणी र विरोध भएका कारण सदन खुलाएर मात्र गम्भीर छलफल सञ्चालन गराउन अनुरोध गरेका हुन्।यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले भूमिका खेल्नुपर्ने पनि उनले बताए। 

संसदमा एमाले अवरोध कायम भएकाले मुलुकको सार्वभौमसत्तासँग जोडिएको संवेदनशील विषयमा छलफल गर्ने वातावरण नभएको बताएका छन्। उनले एमसिसीमा भएका प्रावधानहरु  मुलुकको हितमा नभएको बताउँदै यथास्थितिमा अनुमोदन गर्न नहुने पार्टीको धारणा समेत राखे । यसका लागि वृहत छलफल गरेर मात्रै अगाडि बढ्नु पर्ने बताए। 

सरकाले गर्नलागेको व्याख्यात्मक घोषणा पनि एकतर्फी मात्रै हुने उनले बताए। सम्झौता दुइपक्षीय भएका कारण नेपालले मात्रै व्याख्यात्मक घोषणाको औचित्य नरहेको बताएका छन्। 

प्रकाशित मिति: १५:४९ बजे, आइतबार, फागुन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्