एमसिसीलाई आर्थिक परियोजनामा सिमित रहने प्रकृयाबाट लैजानुपर्छ : माओवादी केन्द्र
काठमाडौं, फागुन १५ : नेकपा माओवादी केन्द्रले अमेरिकी विकास परियोजना एमसिसीलाई आर्थिक परियोजनामा मात्रै सिमित हुनेगरी अगाढि बढाउनुपर्ने बताएको छ। प्रतिनिधि सभा बैठकमा एमसिसीबारेको सैद्धान्तिक...
काठमाडौं, फागुन १५ : नेकपा माओवादी केन्द्रले अमेरिकी विकास परियोजना एमसिसीलाई आर्थिक परियोजनामा मात्रै सिमित हुनेगरी अगाढि बढाउनुपर्ने बताएको छ।
प्रतिनिधि सभा बैठकमा एमसिसीबारेको सैद्धान्तिक छलफलमा बोल्दै माओवादी केन्द्रका संसदीय दलका नेता देव गुरूङले एमसिसी आर्थिक सहयोगको प्रकृयाबाट जान सक्ने अवस्था भयो भने सकारात्म रुप दिन सकिने बताएका हुन्। उनले आर्थिक परियोजनाको नाम गरेर आएपनि भित्री विषयवस्तु भने नेपालको सार्वंभौम अधिकारीलाई खण्डित हुने गरी आएको बताएका छन्।
नेता गुरुङले आर्थिक परियोजनाको नाममा नेपालको सार्वभौम अधिकार खण्डित गर्ने प्रकृयाबाट गयो भने नेपालको राष्ट्रिय स्वाधिनतामाथि गम्भीर संकट पैदा हुने बताए।
यस्तो परियोजनाका बारेमा निर्णय लिनका लागि सर्वप्रथम राष्ट्रिय स्वाधिनता, अखण्डता र देशको सुरक्षालाई मध्यनजर गर्नुपर्ने बताए। सैन्य रणनीतिसँग जोडिएका विषय पनि परिमार्जन हुनुपर्ने उनको धारणा छ। यसका लागि ७२ देखि १२० घन्टे संसोधनको प्रकृयाबाट अगाडि बढाउन पनि अनुरोध गरे्का छन्।








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)