पाँच अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाल प्रतिस्पर्धा गर्दै
काठमाडौं, असोज ६ : नेपालले पाँच वटा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा प्रतिस्पर्धा गर्न लागेको छ। यसका लागि नेपाली प्रतियोगिता विभिन्न देश प्रस्थ....

काठमाडौं, असोज ६ : नेपालले पाँच वटा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा प्रतिस्पर्धा गर्न लागेको छ। यसका लागि नेपाली प्रतियोगिता विभिन्न देश प्रस्थान गर्न लागेका छन्।
नेपालले प्रतिस्पर्धा गर्ने बेलायतको लन्डनमा हुने मिस वल्ड, फिलिपिन्सको मनिलामा हुने मिस अर्थ, जापानको टोकियोमा हुने मिस ईन्टरनेसलन र पोल्यान्डको काटोविसमा हुने मिस सुपरनेसनल प्रतियोगिता तय भइसकेको छ भने मिस युनिभर्सको तय हुन बाँकी छ।
नेपालको तर्फबाट मिस अर्थका लागि मिस नेपाल अर्थ रिया बस्नेत आइतबार मनिलातर्फ प्रस्थान गर्न लागेकी छन्।
त्यस्तै, मिस इन्टरनेसलनका लागि मिस नेपाल इन्टरनेसनल मीरा कक्षपती अक्टुबर २५ मा टोकियो प्रस्थान गर्नेछन भने मिस वल्डमा प्रतिस्पर्धा गर्न मिस नेपाल वल्ड अनुष्का श्रेष्ठ नोभेम्बर २० मा लन्डन प्रस्थान गर्नेछन्।
यसैगरी, मिस सुपरनेसनलमा प्रतिस्पर्धा गर्न मिस सुपरनेसनल रोज लामा नोभेम्बर १८ मा पोल्यान्ड प्रस्थान गर्ने तय भएको हिडेन ट्रिजरले जनाएको छ।
मिस युनिभर्समा भने मिस नेपाल युनिभर्स प्रदीप्ता अधिकारीले प्रतिस्पर्धा गर्नेछन्। मिस युनिभर्सको मिति तय हुन बाँकी छ।
त्यसका लागि प्रतिस्पर्धालाई प्रशिक्षण दिइएको हिडन ट्रिजरले जनाएको छ।












