Kathmandu Press

एमसिसी सम्झाैतामाथि ११ बुँदे व्याख्यात्मक घोषणा तयार 

काठमाडौं, फागुन १५ :  सत्तारूढ गठबन्धन दलले एमसिसीका बारेमा ११ बुँदे व्याख्यात्मक घोषणा तयार गरेको छ। घोषणामा विवादित बुँदाहरुका बारेमा व्याख्या गरिएको छ। विशेषगरी नेपालको कानून...
एमसिसी सम्झाैतामाथि ११ बुँदे व्याख्यात्मक घोषणा तयार 

काठमाडौं, फागुन १५ :  सत्तारूढ गठबन्धन दलले एमसिसीका बारेमा ११ बुँदे व्याख्यात्मक घोषणा तयार गरेको छ। 

घोषणामा विवादित बुँदाहरुका बारेमा व्याख्या गरिएको छ। विशेषगरी नेपालको कानून र एमसिसीको कानून बाझिदा एमसिसीको कानून लागू हुने भन्ने बुँदालाई व्याख्यात्मक घाेषणामा त्यस्तो बेला नेपालको कानून माथि हुने भनिएकाे छ।

त्यसैगरी कोषको लेखा प्रतिवेदन नेपाल सरकारको महालेखा परिक्षकको कार्यालयले बनाउने उल्लेख गरिएको छ। 

संसदीय दलको बैठकअघि बालुवाटारमा भएको गठबन्धनको बैठकले एमसिसी लाई व्याख्यात्मक घोषणासहित पारित गर्ने निर्णय गरेको थियो । 

उक्त घोषणालाई आजै बस्ने मन्त्रिपरिषद्को बैठकले पारित गर्नेछ र पारित घोषणालाई प्रतिनिधि सभामा प्रस्ताव पेस गरिनेछ। 

प्रतिनिधि सभाबाट सम्झौतासँगै व्याख्यात्मक घोषणा पनि पारित हुने छ। प्रतिनिधि सभा, नियमावली २०७५ को परिच्छेद १३ को नियम ८३ ९१० (ग) को अधिनमा रही सार्वजनिक महत्त्वको विषयमा संकल्प प्रस्तावसहित उक्त घोषणा पेस  गरिनेछ।

प्रकाशित मिति: १४:१० बजे, आइतबार, फागुन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्