व्याख्यात्मक घोषणा गठबन्धन बचाउने र एमसिसी समस्या हल गर्ने उपाय हाे : प्रचण्ड
काठमाडौं, फागुन १५ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन पनि बच्ने र एमसिसीको समस्या हल हुने विषयका रूपमा व्याख्यात्मक घोषणालाई अर्थ्याएका...
काठमाडौं, फागुन १५ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन पनि बच्ने र एमसिसीको समस्या हल हुने विषयका रूपमा व्याख्यात्मक घोषणालाई अर्थ्याएका छन्।
संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकलाइृ सम्बोधन गर्दै प्रचण्डले सत्तारुढ गठबन्धनबीच भएको एमसिसी अनुमोदन गर्ने सहमतिबारे सांसदहरूलाई जानकारी दिँदै त्यस्तो बताएका हुन्।
‘गठबन्धन पनि बच्ने, एमसीसीको समस्या पनि हल हुने उपाय हो व्याख्यात्मक घोषणा,’ उनले भने। लामो समयदेखि संसदमा अवराेध गर्दै आएको एमालेले १४ सांसद र सभामुखलाई हटाउन लागेकाले पनि यसताे कदम चाल्नुपरेकाे उनले बताए।
आज बिहान माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठक पनि बसेको थियो। उक्त बैठकले गठबन्धनले गरेको व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णयलाई माओवादी केन्द्रले साथ दिने निर्णय गरेको थियो।
आइतबार विहान बसेको माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको थियो । लगतै सत्तारुढ गठबन्धनको बैठकमा पनि त्यही सहमति भएको छ।
आज बस्ने प्रतिनिधिसभा बैठकले प्रश्न उठेको विषयमा व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदन गर्ने तयारी भइरहेको छ।








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)