प्रतिनिधिसभा बैठक एक घण्टा सर्यो
काठमाडाैं, फागुन १५ : प्रतिनिधिसभाको बैठक एक घण्टाका लागि सारिएको छ।आज दिउँसो १ बजे बस्ने तय भएको बैठक २ बजेका लागि सारिएको संघीय...
काठमाडाैं, फागुन १५ : प्रतिनिधिसभाको बैठक एक घण्टाका लागि सारिएको छ।
आज दिउँसो १ बजे बस्ने तय भएको बैठक २ बजेका लागि सारिएको संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले 'महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८' पेस गर्ने र अर्थमन्त्री जनार्दन शर्माले 'नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस्' भन्ने सम्भावित कार्यसूची तय गरिएको छ।
प्रकाशित मिति: १३:३७ बजे, आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)