Kathmandu Press

कोभिडका कारण श्रमजीवी पत्रकारको समग्र अवस्था दयनीय : राजेन्द्र अर्याल

काठमाडाैं, फागुन १५ : न्यूनतम पारिश्रमिक निर्धारण समितिले कोभिड-१९ पछिको अवस्थामा श्रमजीवी पत्रकारको समग्र अवस्था थप दयनीय बनेको जनाएको छ।समितिले श्रमजीवी पत्रकारको अवस्था,...
कोभिडका कारण श्रमजीवी पत्रकारको समग्र अवस्था दयनीय : राजेन्द्र अर्याल

काठमाडाैं, फागुन १५ : न्यूनतम पारिश्रमिक निर्धारण समितिले कोभिड-१९ पछिको अवस्थामा श्रमजीवी पत्रकारको समग्र अवस्था थप दयनीय बनेको जनाएको छ।

समितिले श्रमजीवी पत्रकारको अवस्था, चुनौती र भावी रणनीतिक विषय अन्तरक्रियामा समितिका अध्यक्ष राजेन्द्र अर्यालले ऐन र नियमावालीले व्यवस्था गरेका सुविधा दिन सञ्चार प्रतिष्ठान गम्भीर नभएको र कोभिड–१९ पछिको अवस्थामा श्रमजीवी पत्रकारको समग्र अवस्था थप दयनीय बनेको बताए।

उनले श्रमजीवी पत्रकारको पारिश्रमिक पुनरावलोकनका लागि कार्यदलले काम गरिरहेको र चाँडै नेपाल सरकारलाई सिफारिस गर्ने जनाए। उनले श्रमजीवीका समस्याबारे सम्बन्धीत निकायलाई जानकारी गराउने पनि बताए।

समितिको ‘श्रमजीवी पत्रकार–मिडिया अध्ययन प्रतिवेदन, २०७८’ ले अझै पनि ३८ प्रतिशत सञ्चारकर्मीले बिनानियुक्तिपत्र काम गरिरहेको देखाएको छ।

प्रकाशित मिति: १३:२४ बजे, आइतबार, फागुन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्