Kathmandu Press

इन्डोनेसिया भूकम्पमा मृत्यु हुनेको संख्या ९ पुग्याे, १०० बढी घाइते

जकार्ता, फागुन १५ : शुक्रबार इन्डोनेसियाको पश्चिमी प्रान्तमा आएको भूकम्पमा परी मृत्यु हुनेको संख्या नौ पुगेको बताइएको छ।शुक्रबार सुमात्रा क्षेत्रमा आएको ६.१ रेक्टर स्केलको भूकम्पमा...
इन्डोनेसिया भूकम्पमा मृत्यु हुनेको संख्या ९ पुग्याे, १०० बढी घाइते

जकार्ता, फागुन १५ : शुक्रबार इन्डोनेसियाको पश्चिमी प्रान्तमा आएको भूकम्पमा परी मृत्यु हुनेको संख्या नौ पुगेको बताइएको छ।

शुक्रबार सुमात्रा क्षेत्रमा आएको ६.१ रेक्टर स्केलको भूकम्पमा परी अरु १०० जना भन्दा बढी घाइते भएका छन्। शुक्रबारको भूकम्पले करिब दश हजार जति घरमा क्षति पनि पु¥याएको बताइएको छ।

यहाँको भूकम्प मापनसम्बन्धी एजेन्सीले दिएको जानकारी अनुसार यो भूकम्प ६.१ रेक्टर स्केलको रहेको र यसबाट ठूलो भौतिक सम्पत्तिमा क्षति पुगेको बताएको छ।

यहाँका आठ हजार जनाभन्दा बढी नागरिकलाई घरबाट उद्धार गरेर आश्रयस्थलमा राखिएको छ। प्रारम्भिक रुपमा ५० ओटा आश्रयस्थलहरु बनाएर राखिएको छ।

उद्धारकर्मीहरु मानिसहरुको भूकम्पको भग्नावशेषमा मानिसहरु पुरिएको आशंकामा उद्धारका लागि खटिरहेका छन्। क्षतिको पूर्ण विवरण आइपुगेको छैन।

प्रकाशित मिति: १३:१९ बजे, आइतबार, फागुन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्