कैलाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै
गोदावरी, फागुन १५ : नेपाली कांग्रेस कैलालीको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । धनगढीको कवर्डहलमा मतदान सुरु हुने बताइएको छ ।नयाँ नेतृत्व...
गोदावरी, फागुन १५ : नेपाली कांग्रेस कैलालीको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । धनगढीको कवर्डहलमा मतदान सुरु हुने बताइएको छ ।
नयाँ नेतृत्व चयनका लागि तीन प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । सभापतिमा तीन जनाले आआफ्नो प्यानलसहित शनिबार मनोनयन दर्ता गरेका छन् । सहमति हुन नसकेपछि तीन प्यानल बनेका छन् ।
निवर्तमान उपसभापति प्रकाशबहादुर बम र पूर्वउपसभापति नारायणदत्त भट्टले सभापतिमा उम्मेदवारी दिएका छन्। यसअघि सभापतिमा उम्मेदवारी घोषणा गरेका भीम बडुवालले भट्ट नेतृत्वको प्यानलबाट उम्मेदवारी दिएका छन्।
भट्टको प्यानलबाट उपसभापतिमा बडुवालसँगै रामप्रसाद चौधरी, सचिवमा केशव मिश्र र अमृत बिसी तथा सहसचिवमा रामसमझ राना र कलेसु चौधरीले उम्मेदवारी दिएका छन्।
बमको प्यानलबाट उपसभापतिमा खेमराज चौधरी र तेजशङ्कर भट्ट, सचिवमा नृप सुनार र थर्क शाह तथा सहसचिवमा कृष्ण पाण्डेय र राजेन्द्र खड्काले उम्मेदवारी दर्ता गरेका छन्। सभापतिमा रामबहादुर कलेलले उम्मेदवारी दिएका छन् । उनको प्यानलबाट उपसभापतिमा यज्ञनिधि कोइराला र लोकराज पाण्डेय, सचिवमा देवानन्द जैशी र नवराज जोशी तथा सहसचिवमा रवीन्द्रप्रताप सिंह र तीर्थराज जोशीले उम्मेदवारी दिएका छन्।








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)