Kathmandu Press

युक्रेनमा रुसको आक्रमण जारी

युक्रेनमा रुसको आक्रमण जारी

मस्को, फागुन १५ : रुसले युक्रेनमा शनिबार पनि आक्रमण जारी राखेको बताइएको छ।

शनिबार राति पनि स्थल सेनाले युक्रेनको राजधानी किभमा आक्रमण गरेका थिए। त्यसक्रममा आफूलाई पक्राउ गर्न खोजेको युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किीले बताएका छन्।

Hardik ivf

उनले शनिबार राति रुसको सेनाले आफूलाई पक्राउ गर्न खोजेको तर सफल नभएको बताएका हुन्। रुसले आक्रमण गरेको आज चौथो दिन रुसी सैनिकहरू युक्रेनको राजधानी किभ पुगेका छन्।

राजधानी किभको उत्तरी भेगमा रुसी सेना पुगेको युक्रेनले जनाएको छ।यहाँका नागरिकहरुले सामाजिक सञ्जालमा राखेका भिडिओहरूमा रुसी सेनाका टयांकरहरु युक्रेनको राजधानी किभमा गुडिरहेको देखिएको छ।

शुक्रबार नै किभ पुगेको रुसी सेनाबाट सहरको रक्षा गर्न युक्रेनी सैन्य गाडीहरू किभमा परिचालन गरिएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ। युक्रेनले पूर्ण रुपमा सेना परिचालन गरेको बताएको छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले यहाँ आमरूपमा सेना परिचालनको आदेश दिएको छ। यहाँ अतिरिक्त ड्युटीमा रहेका र जगेडामा रहेका सेनालाई काममा बोलाइएको छ।

त्यसैगरी यहाँका युवा जनशक्तिले पनि रुसी सेनाका विरुद्धमा लड्नुपर्ने भएको छ। यहाँका १८ देखि ६० वर्षका पुरुषहरूले देश छाड्न नपाउने घोषणा गरिएको छ।

उता रुसले आत्मसमर्पण गर्न युक्रेनी राष्ट्रपतिलाई भनेको छ। तर आफू आत्मसमर्पण गर्ने र देश छोडेर भाग्ने पक्षमा नरहेको उनको दाबी छ।

प्रकाशित मिति: १३:१४ बजे, आइतबार, फागुन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्