Kathmandu Press

माओवादी केन्द्र संसदीय दलको बैठक जारी

काठमाडौं, फागुन १५ : माओवादी केन्द्र संसदीय दलको बैठक संसद भवन नयाँ बानेश्वरमा जारी छ ।सत्ता गठबन्धनको आज बिहान बसेको बैठकले व्याख्यात्मक घोषणासहित संसदबाट...
माओवादी केन्द्र संसदीय दलको बैठक जारी

काठमाडौं, फागुन १५ : माओवादी केन्द्र संसदीय दलको बैठक संसद भवन नयाँ बानेश्वरमा जारी छ ।

सत्ता गठबन्धनको आज बिहान बसेको बैठकले व्याख्यात्मक घोषणासहित संसदबाट एमसिसी अनुमोदन गर्ने निर्णय गरेको थियो। सोही निर्णयबारे जानकारी दिन र सोहीबमोजिम संसदमा प्रस्तुत हुने निर्णय गर्न माओवादी अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलको बैठक बोलाएका हुन्।

सत्ता गठबन्धनको निर्णयकै आधारमा आज बस्ने प्रतिनिधिसभा बैठकबाट एमसिसी पारित गर्ने तयारी सरकारको छ। आज बिहान माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठक पनि बसेको थियो। उक्त बैठकले गठबन्धनले गरेको निर्णयलाई आत्मसात गर्ने र व्याख्यात्मक घोषणासहित एमसिसी पारितका लागि माओवादी केन्द्रले साथ दिने निर्णय गरेको थियाे।  

यही फागुन ८ गते प्रतिनिधिसभामा एमसिसी पेस गरिएको थियो। त्यसयता सत्तारूढ गठबन्धनमै रहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी विपक्षमा उभिँदा एमसिसी पारित गर्न तयारी नपुगेको भन्दै सरकारको आग्रहमा संसद बैठक स्थगित हुँदै आएको थियो। एमसिसी अनुमोदनको समयसीमा फागुन १६ गतेसम्म रहेको छ।

प्रकाशित मिति: १३:०८ बजे, आइतबार, फागुन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्