संसदमा एमालेले आज पनि अवरोध गर्ने
काठमाडौं, फागुन १५ : सत्ता गठबन्धनले संसदीय प्रक्रियामा सहभागी हुने वातावरण नबनाएको भन्दै एमालेले आज (आइतबार) को संसद बैठकमा पनि अवरोध जारी राख्ने भएको...
काठमाडौं, फागुन १५ : सत्ता गठबन्धनले संसदीय प्रक्रियामा सहभागी हुने वातावरण नबनाएको भन्दै एमालेले आज (आइतबार) को संसद बैठकमा पनि अवरोध जारी राख्ने भएको छ।
सत्ता गठबन्धनको आज बिहान बसेको बैठकले व्याख्यात्मक घोषणासहित संसदबाट एमसिसी अनुमोदन गर्ने निर्णय गरेको थियो। तर एमालेले भने आफूले पहिलादेखि नै उठाउँदै आएको माग पूरा नभएका कारण एमसिसी अनुमोदनका लागि हुने संसदीय प्रक्रियामा सहभागी नहुने बताएको छ।
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदमा एमालेले गर्दै आएको अवरोध जारी नै रहने काठमाडौं प्रेसलाई जानकारी दिए। ‘सत्ता सझेदार कांग्रेससँग सदनको अवरोध हटाउने विषयमा हामीले जुन माग उठाउँदै आएका थियौं, त्यसमा उहाँहरू सकारात्मक देखिनुभएन,’ उनले भने, ‘त्यसकारण एमाले संसदमा पहिला जसरी उपस्थित हुँदै आएको थियो, आज पनि त्यसरी नै प्रस्तुत हुनेछ।’
प्रकाशित मिति: १२:४३ बजे, आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)