पल शाहले आजै प्रहरीसामु आत्मसमर्पण गर्ने
काठमाडौं, फागुन १५ : अभिनेता पल शाहले प्रहरीमा आत्मसमर्पण गर्ने भएका छन्। उनले केहीबेरअघि सामाजिक सञ्जालमार्फत आफू आजै प्रहरी कार्यालयमा उपस्थित हुने जानकारी...
काठमाडौं, फागुन १५ : अभिनेता पल शाहले प्रहरीमा आत्मसमर्पण गर्ने भएका छन्। उनले केहीबेरअघि सामाजिक सञ्जालमार्फत आफू आजै प्रहरी कार्यालयमा उपस्थित हुने जानकारी गराएका छन्।
एक गायिकाले पलमाथि जबरजस्ती करणीको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन्। जिल्ला अदालत तनहुँबाट पक्राउ पुर्जी जारी भएपछि पल फरार भएका थिए।
उनलाई खोज्न प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी कार्यलयहरुलाई सर्कुलर गरेपछि उनले सामाजिक सञ्जामार्फत आफै प्रहरी कार्यालयमा उपस्थित हुने जानकारी दिएका हुन्।
‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गीत गाउँछु-२’ गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनि म प्रहरीसामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु’ उनले भनेका छन् ।








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)