Kathmandu Press

एमसिसी संसदबाट अनुमाेदन गर्ने गठबन्धनको निर्णय 

बैठकले एमसिसीका बारेमा थप स्पष्ट हुन आवश्यक भएका कारण मन्त्रिपरिषद्बाट ब्याख्यात्मक घोषणा पारित गर्ने र पारित गरिएको घोषणालाई संसदमा पेस गरी कम्प्याक्ट र ब्याख्यात्मक घोषणा एकैसाथ पास गर्ने निर्णय भएको हो। 
एमसिसी संसदबाट अनुमाेदन गर्ने गठबन्धनको निर्णय 

काठमाडौं, फागुन १५ : सत्तारुढ गठबन्धनले अमेरिकी विकास परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) संसदबाट पारित गर्ने निर्णय गरेको छ। 

बालुवाटारमा भएको गठबन्धन दलको बैठकमा एमसिसी संसदबाट पारित गराउन सहमती जुटेको प्रधानमन्त्रीको सचिवालयले काठमाडौं प्रेसलाई जानकारी दिएको छ। 

बैठकले एमसिसीका बारेमा थप स्पष्ट हुन आवश्यक भएका कारण मन्त्रिपरिषद्बाट ब्याख्यात्मक घोषणा पारित गर्ने र पारित गरिएको घोषणालाई संसदमा पेस गरी कम्प्याक्ट र ब्याख्यात्मक घोषणा एकैसाथ पास गर्ने निर्णय भएको हो। 

‘एमसिसीका बारेमा नेपाल सरकारले मन्त्रिपरिषदबाट व्याख्यात्मक घोषणा पारित गरि प्रतिनिधि सभामा पेस गर्ने र प्रतिनिधि सभाबाट कम्प्याक्ट र व्याख्यात्मक घोषणा एकैसाथ पारित गर्ने गठबन्धनले निर्णय गरेको छ,’ बालुवाटार स्रोतले काठमाडौं प्रेससँग भनेको छ। 

एमसिसीकै कारण गठबन्धन खतरामा परेपछि माओवादी केन्द्र र एकिकृत समाजवादी लचिलो बन्दै एमसिसी पारित गर्न सहमत भएका हुन्। यी दुई दलहरुले यसअघि एमसिसी यथास्थितीमा कुनैपनि हालतमा पारित गर्न नदिने बताउँदै आएका थिए। 

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी पारित गर्न प्रमुख प्रतिपक्षीको समर्थन जुटाउन खोजेपछि माओवादी केन्द्र र एकिकृत समाजवादी सहमतिमा आएका हुन्। 

प्रकाशित मिति: ११:३१ बजे, आइतबार, फागुन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्