Kathmandu Press

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेपछि सत्ता गठबन्धनको बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 
बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु 

काठमाडौं, फागुन १५ : सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुको बैठक शुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेपछि सत्ता गठबन्धनको बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागि छन्। 

बैठकमा एमसिसीको बारेमा छलफल हुने छ। आज बस्ने प्रतिनिधि सभा बैठकमा एमसिसीमाथि सैद्धान्तिक छलफल हुने कार्यसूची छ। त्यसअघि बसेको शीर्ष नेताहरुको बैठकले एमसिसीका बारेमा अन्तिम निर्णय गर्ने बालुवाटार स्रोतले जानकारी दिएको छ। 

यसअघि माओवादी केन्द्र एमसिसीको विपक्षमा उभिएपनि संसदबाट व्याख्यात्मक घोषणा गरि अनुमोदन गर्न तयार भएको हो। 


 

 

प्रकाशित मिति: ११:०२ बजे, आइतबार, फागुन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्