Kathmandu Press

खुमलटारमा माओवादी केन्द्रका नेताहरु आन्तरिक छलफलमा

काठमाडौं, फागुन १५ : नेकपा माओवादी केन्द्रका नेताहरु छलफलमा जुटेका छन् । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा माओवादी केन्द्रको विस्तारित बैठक बसेको...
खुमलटारमा माओवादी केन्द्रका नेताहरु आन्तरिक छलफलमा

काठमाडौं, फागुन १५ : नेकपा माओवादी केन्द्रका नेताहरु छलफलमा जुटेका छन् । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा माओवादी केन्द्रको विस्तारित बैठक बसेको हो। 

बैठकमा अमेरिकी विकास परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) र समसामयिक राजनीति बारे छलफल चलिरहेको बताइएको छ।
 
आज बस्ने संसद बैठकबाट व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गर्ने तयारी भइरहेको बेला नेकपा माओवादी केन्द्रले आन्तरिक छलफल गरेको हो।

बैठकमा अध्यक्ष प्रचण्डसहित शीर्ष नेताहरु सहभागि छन्। 

प्रकाशित मिति: १०:४१ बजे, आइतबार, फागुन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्