बागमती प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित
मकवानपुर, फागुन १२ : बागमती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगन भएको छ । बैठक फागुन १६ गते सोमबारका लागि तय गरिएको थियो । प्रदेशसभा...
मकवानपुर, फागुन १२ : बागमती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगन भएको छ । बैठक फागुन १६ गते सोमबारका लागि तय गरिएको थियो ।
प्रदेशसभा सचिवालयले आज यहाँ सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन गर्नुपरेको जनाएको छ । यस्तै आज दिउँसो १ बजेका लागि तय भएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगन भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए।
यही फागुन ४ को सर्वदलीय बैठकपछि सभामुख सानुकुमार श्रेष्ठले सोमबारका लागि बैठक आह्वान गरेका थिए।
प्रकाशित मिति: १०:२१ बजे, आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)