तीन महिनापछि प्रदेश १ को बैठक बस्दै, प्रदेश नामाकरणको विषय कार्यसूचीमा परेन
काठमाडौं, फागुन १५ : प्रदेश नम्बर १ को प्रदेश सभा बैठक आज बस्दै छ। मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भई विश्वासको मत लिएपछि अनिश्तिचकालका लागि...
काठमाडौं, फागुन १५ : प्रदेश नम्बर १ को प्रदेश सभा बैठक आज बस्दै छ। मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भई विश्वासको मत लिएपछि अनिश्तिचकालका लागि स्थगित भएको बैठक आज बस्न लागेको हो।
बैठक दिउँसो १ बजे बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ।
बैठकअघि ११ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने प्रदेश १ प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
बैठकको सम्भावित कार्यसूची प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ माथिको छलफल रहेको उनले बताए।
प्रदेश एकको नामाकरणका विषयमा चर्चा भएपनि आजको बैठकमा प्रदेश नामाकरणको विषय कार्यसूचीमा राखिएको छैन।
प्रकाशित मिति: १०:१५ बजे, आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)