कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
काठमाडौं, फागुन १५ : प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ। संघीय संसद भवनमा बिहान साढे ११ बजे पछि कार्यव्यवस्था परामर्श समितिको बैठक...
काठमाडौं, फागुन १५ : प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ। संघीय संसद भवनमा बिहान साढे ११ बजे पछि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो।
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेपछि बस्दैछ। दुईपटक स्थगित भएको बैठक आज बस्न लागेको हो।
आज बस्ने बैठकमा एमसीसी सम्झौतामाथि छलफल हुने संघीय संसद्ले जनाएको छ। संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा ‘एमसीसीमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश हुने उल्लेख छ।
बैठकअघि दलहरुबीच सहमति कायम गरी प्रतिनधि सभालाई अवरोध रहित तवरले सञ्चालन गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको हो।
यसअघिका कार्यव्यवस्था परामर्श समितिको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिष्कार गर्दै आएको थियो। आजको बैठकमा पनि एमाले उपस्थित हुने सम्भावन रहेको छैन।
प्रकाशित मिति: १०:०३ बजे, आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)