Kathmandu Press

संसद् भवन आसपासमा सुरक्षा व्यवस्था कडा, उपत्यकाबाहिरबाट समेत प्रहरी झिकाइयो

काठमाडौं, फागुन १५ : एमसीसी सम्झौतामाथि आजको संसद् बैठकमा छलफल हुने भएकोले संसद् भवन र त्यस आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ...
संसद् भवन आसपासमा सुरक्षा व्यवस्था कडा, उपत्यकाबाहिरबाट समेत प्रहरी झिकाइयो

काठमाडौं, फागुन १५ : एमसीसी सम्झौतामाथि आजको संसद् बैठकमा छलफल हुने भएकोले संसद् भवन र त्यस आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

संसद् बैठकमा एमसीसी सम्झौतामाथि छलफल हुने कार्यसूची भएपछि बिहानैदेखि यी क्षेत्रहरुमा सुरक्षाकर्मी खटिएका हुन् । आवश्यक परेमा माइतीघर मण्डलादेखि तीनकुनेसम्मको सडक खण्ड खाली  गराउने सुरक्षाकर्मीको तयारी समेत गरेको छ ।

बिहान ११ बजेपछि विरोध प्रदर्शन हुने भएकाले त्यसपछि भने यो सडक खण्ड प्रभावित हुनसक्ने प्रहरीको भनाइ छ । एमसीसीको विषयलाई लिएर यो सडक खण्डमा लगातारजसो आन्दोलन भइरहेको छ ।

आन्दोलनलाई नियन्त्रणमा लिन काठमाण्डौ उपत्यकाबाहिरबाट समेत सुरक्षाकर्मी झिकाएर खटाइएको छ । सशस्त्र प्रहरी बलले काभ्रे, सिन्धुपाल्चोक, धादिङ, तनहुँलगायत जिल्लामा कार्यरत प्रहरीलाई काठमाडौंमा झिकाएर खटाएको छ ।

प्रकाशित मिति: ०८:१४ बजे, आइतबार, फागुन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्