Kathmandu Press

एमसीसीबारे निर्णय लिन दलहरुको दौडधुप, बोलाए पार्टीको बैठक

काठमाडौं, फागुन १५ : एमसीसीबारे छलफल गर्न माओवादी केन्द्रले पूर्व स्थायी कमिटी सदस्यको बैठक बोलाएको छ। बैठक आज बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको...
एमसीसीबारे निर्णय लिन दलहरुको दौडधुप, बोलाए पार्टीको बैठक

काठमाडौं, फागुन १५ : एमसीसीबारे छलफल गर्न माओवादी केन्द्रले पूर्व स्थायी कमिटी सदस्यको बैठक बोलाएको छ। बैठक आज बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बस्ने छ ।

यस्तै अर्को सत्ता घटक एकीकृत समाजवादीले पनि आज ११ बजे सचिवालय बैठक बोलाएको छ । बैठकमा पनि एमसीसी बारे छलफल हुने जनाईएको छ । यसअघि शनिवार पनि माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच एमसिसीबारे छलफल भएको थियो।

कांग्रेस र एमालेबीच एमसिसी पारित गर्न सहकार्य हुने संकेत पाएपछि मात्रै माओवादी केन्द्र र एकीकृत समाजवादी लचिलो बनेका हुन्। शनिबार पनि कांग्रेस र एमाले नेताहरूबीच छलफल भएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भनिए पनि अन्तिम समयमा उनी गएका थिएनन्।

आइतबार प्रतिनिधिसभा बैठक बस्नुअघि माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूले आफ्नो पार्टीको निर्णयसहित एमसिसीको पक्षमा मतदान गर्ने प्रतिबद्धता नजनाए गठबन्धन टुट्ने कांग्रेसको अडान छ।

जनता समाजवादी पार्टीको शनिबार बसेको कार्यकारिणी बैठकमा भने एमसिसीबारे कुनै छलफल हुन सकेन् । 


 

प्रकाशित मिति: ०७:५२ बजे, आइतबार, फागुन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्