Kathmandu Press

प्रतिनिधिसभाको आजको बैठकमा एमसीसीमाथि छलफल

काठमाडौं, फागुन १५ : प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसीमाथि छलफल हुने भएको छ।प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बोलाइएको छ। दुई...
प्रतिनिधिसभाको आजको बैठकमा एमसीसीमाथि छलफल

काठमाडौं, फागुन १५ : प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसीमाथि छलफल हुने भएको छ।

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बोलाइएको छ। दुई दिन लगातार स्थिगित भएको प्रतिनिधिसभाको बैठक आज बस्न लागेको हो।

आज बस्ने बैठकमा एमसीसी सम्झौतामाथि छलफल हुने संघीय संसद्ले जनाएको छ। संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा ‘एमसीसीमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश हुने उल्लेख छ।

अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूचीमा उल्लेख छ। यसअघि फागुन ८ गते अर्थमन्त्री शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्ताव टेबल गरेका थिए।

यसअघि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। आज बिहान ११ः३० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ।

प्रकाशित मिति: ०६:४० बजे, आइतबार, फागुन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्