Kathmandu Press

रुससँगको भिडन्तमा अहिलेसम्म १९८ युक्रेनीको मृत्यु : युक्रेनी स्वास्थ्य मन्त्री

किभ, फागुन १४ : युक्रेनमा रुसी सेनाले आक्रमण गरेपछि भएको भिडन्तका क्रममा अहिलेसम्म १९८ जना युक्रेनीको मृत्यु भएको छ।युक्रेनका स्वास्थ्य मन्त्री भिक्टर ल्याश्कोले...
रुससँगको भिडन्तमा अहिलेसम्म १९८ युक्रेनीको मृत्यु : युक्रेनी स्वास्थ्य मन्त्री

किभ, फागुन १४ : युक्रेनमा रुसी सेनाले आक्रमण गरेपछि भएको भिडन्तका क्रममा अहिलेसम्म १९८ जना युक्रेनीको मृत्यु भएको छ।

युक्रेनका स्वास्थ्य मन्त्री भिक्टर ल्याश्कोले नै कम्तीमा १९८ जना युक्रेनीको मृत्यु भएको पुष्टि गरेका हुन। मारिएका मध्ये तीन जना बालबालिका पनि रहेको उनले जानकारी दिए।  

सामाजिक सञ्जाल फेसबुक मार्फत उनले दिएको जानकारी अनुसार मृतकको सङ्ख्या अझ धेरै हुन सक्ने सम्भावना रहेको छ।

Hardik ivf

पछिल्लो तीन दिनदेखिको भिडन्तका क्रममा अरु एक हजार ११५ जनाको मृत्यु पनि भएको अधिकारीहरूले जनाएका छन्। घाइते भएका बालबालिकाको सङ्ख्या भने ३३ रहेको छ।

देश जोगाउनका लागि अहिले सुरक्षाकर्मी, स्वयंसेवक र आम नागरिक पनि हतियारसहित भिडन्तमा उत्रिएका छन्।  

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई अमेरिकाले उद्धार गर्ने खवर पठाए पनि उनले अस्वीकार गरेका छन। अमेरिकी सञ्चारमाध्यमहरूले नै युक्रेनबाट उनलाई उद्धार गर्ने अमेरिकाको प्रस्तावलाई उनले अस्वीकार गरेको जनाएका छन्।

अमेरिका अधिकारीहरूलाई उनले जवाफ दिएका छन, 'यहाँ लडाइँ भइरहेको छ, मलाई हतियार चाहिएको छ, म यही रहेर देश बचाउने छु, मलाई कतै जानु छैन। म जनतासँगै रहेर शत्रुका विरुद्धमा लड्नेछु।'

विगतमा हास्यव्यङ्ग्यकार तथा अभिनेता समेत रहेका उनकाे यस जवाफका बारेमा सामाजिक सञ्जालमा व्यापक प्रशंसा भइरहेको छ।

जबसम्म शत्रुले आक्रमण गरिरहने छन्, तबसम्म त्यसको सामना आफुले गरिरहने अठोटसहित उनले आफू युद्ध मैदानमै उत्रिएको देखिने एउटा भिडिओ पनि सामाजिक सञ्जालमा राखेका छन।

प्रकाशित मिति: २१:०४ बजे, शनिबार, फागुन १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्