Kathmandu Press

दशैं मोबाइल मेला : एउटा मोबाइल किन्दा अर्को सित्तैमा

काठमाडौं, असोज ६ : सुन्धारास्थित सीटीसी मलमा आइतबारदेखि ‘दशैं मोबाइल मेला’ सुरू भएको छ।

मेलामा एउटा मोबाइल किन्दा अर्को सित्तैमा....

दशैं मोबाइल मेला : एउटा मोबाइल किन्दा अर्को सित्तैमा

काठमाडौं, असोज ६ : सुन्धारास्थित सीटीसी मलमा आइतबारदेखि ‘दशैं मोबाइल मेला’ सुरू भएको छ।

मेलामा एउटा मोबाइल किन्दा अर्को सित्तैमा पाइने अफर रहेको आयोजकले जानकारी दिएको छ। मेलामा थप आकर्षणको रुपमा मोटरसाइकलदेखि इण्डोनेशिया भ्रमणसम्मको अफर रहेको छ।

त्यस्तै, मेलामा ६० प्रतिशतसम्म छुटमा मोबाइल खरिँद गर्न सकिनेछ। खरिदकर्तामध्येबाट प्रथम उपहार स्वरुप एक जनालाई यामाहाको ‘रे जेड स्कूटर’ उपलब्ध गराइने मोबाइल हबले जनाएको छ।

मेलालाई आकर्षण गर्नका लागि उपहार स्वरुप एक जनालाई इण्डोनेशियाको बाली भ्रमणको प्याकेज उपलब्ध भएको छ। मोबाइलको खरिदमा हात खाली नजाने अफर राखिएको मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले बताए।

मोबाइल हबमा विश्व बजारमा चलेका २० भन्दा बढी ब्राण्डका ६ सय ५० रुपियाँदेखि दुई लाख १५ हजार रुपियाँसम्मका मोबाइल फोन उपलब्ध छन्।

मोबाइल मेला अवलोकन गर्नेहरुलाई गोलाप्रथाबाट विभिन्न ब्राण्डका स्मार्टफोन बितरण गरिने जनाइएको छ। यि अफरहरु सुन्धरास्थित सीटीसी मोबाइल हबसँगै दरबारमार्गस्थति मर्कन्टाइल प्लाजामा रहेको एप्पल वल्र्ड मोबाइल र न्यूरोडस्थित ताम्राकार कम्प्लेक्समा लागू हुनेछन्।

यो मेला कात्तिक १७ गतेसम्म चल्नेछ।

 

प्रकाशित मिति: १३:५३ बजे, सोमबार, असोज ६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्