बालुवाटारमा सत्तारुढ तीन दलका शीर्ष नेताबीच छलफल हुँदै
शनिबार साँझ हुने छलपफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकाे सहभागी हुने छन्।
काठमाडाैं, फागुन १४ : प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल हुने भएकाे छ।
शनिबार साँझ हुने छलपफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकाे सहभागी हुने प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।
एमसिसीका विषयमा सत्तारूढ दलहरूमा एकमत हुन सकेपछि प्रधानमन्त्री देउवाले छलफलाई तिब्रता दिएका छन् । प्रधानमन्त्री देउवाले सत्तारूढ दलहरूसँगै प्रमुख प्रतिपक्षी एमालेसँग पनि छलफल गरिरहेका छन्।
एमसिसीकाे विपक्षमा रहेका माओवादी र एकीकृत समाजवादीकाे शनिबार दिउँसाे बसेकाे बैठकले गठबन्धन जाेगाएर एमसिसीमा सहमति खोज्ने प्रयास गर्ने निर्णय गरेकाे थियाे।
प्रकाशित मिति: १९:३६ बजे, शनिबार, फागुन १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)