Kathmandu Press

कांग्रेस–एमाले नेताहरूकाे बालकाेट बैठक निष्कर्षबिहीन

काठमाडाैं, फागुन १४ : सत्तारुढ नेपाली कांग्रेस र प्रमुख विपक्षी दल नेकपा एमालेबीचको छलफल निश्कर्ष विना सकिएको छ।शनिबार साँझ एमालेका अध्यक्ष केपी शर्मा...
कांग्रेस–एमाले नेताहरूकाे बालकाेट बैठक निष्कर्षबिहीन
फाइल तस्बिर ।

काठमाडाैं, फागुन १४ : सत्तारुढ नेपाली कांग्रेस र प्रमुख विपक्षी दल नेकपा एमालेका नेताहरूबीचको छलफल विना निश्कर्ष सकिएको छ। एमाले अध्यक्ष केपी ओलीकाे निवास बालकोटमा शनिबार साँझ बसेको बैठक दुइ दलका नेताहरूबीचकाे छलफल दुई विना निष्कर्ष सकिएकाे हाे।

बैठकमा दुबै दलका नेताहरु आआफ्नै अडानमा रहेपछि कुनै ठोस निर्णय हुन नसकेकाे नेताहरुले बताएका छन्।

बैठकमा प्रधामन्त्री शेरबहादुर देउवा पनि सहभागि हुने भनिएता पनि अन्तिम समयमा नजाने निर्णय गरेका थिए।

शुक्रबार साँझ पनि ओलीलाई भेट्न कांग्रेस नेताहरूसहित प्रधानमन्त्री देउवा बालकोट पुगेका थिए।

प्रकाशित मिति: १९:१४ बजे, शनिबार, फागुन १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्