एमाले हुम्लाको अध्यक्षमा हमाल
हुम्ला, फागुन १४ : दुईपटक स्थगन भएको नेकपा (एमाले) हुम्लाको नवौं जिल्ला अधिवेशनबाट कलबहादुर हमाल सर्वसम्मत चयन भएका छन। अधिवेशनले उपाध्यक्षमा डबल रावत, सचिवमा तीर्थराज बोहरा, सहसचिवमा विमला शाही र समावेशी सहसचिवमा चन्द्रप्रसाद ढकाललाई चयन गरेको छ। स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश र हुम्ला इन्चार्ज गोरखबहादुर बोगटीको अध्यक्षतामा गठित अध्यक्षमण्डलले नयाँ नेतृत्व छनोट गरेको हो।
जिल्लाका सातवटै स्थानीय तहका ४४ वटा वडामध्ये लिमीबाहेक अन्य ४३ वडाबाट जिल्ला कमिटी सदस्य सर्वसम्मत टुङ्ग्याइएको छ। नवौँ अधिवेशनले हमालको नेतृत्वमा १२१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ। जिल्लाका सबै नेता तथा कार्यकर्ता र अधिवेशनमा आएका प्रतिनिधिको आग्रहअनुसार नै सर्वसम्मत नयाँ कमिटी निमार्ण गरेको एमाले स्थायी कमिटी सदस्य बोगटीले बताए।
प्रकाशित मिति: १८:५६ बजे, शनिबार, फागुन १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१