Kathmandu Press

वैदेशिक रोजगार संघमा नेकपा र कांग्रेस निकटका प्यानल, कसले जित्ला?

काठमाडौं, असोज ६ : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको भोलि चुनाव हुन लागेको छ। यसका लागि नेकपा र कांग्रेस निटक व्यवसायी छुट्टाछुट्टै प्यानल बनाएर प्र....

वैदेशिक रोजगार संघमा नेकपा र कांग्रेस निकटका प्यानल, कसले जित्ला?

काठमाडौं, असोज ६ : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको भोलि चुनाव हुन लागेको छ। यसका लागि नेकपा र कांग्रेस निटक व्यवसायी छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन्।

भोलि होटल ह्यातमा हुने २७औं साधारणसभामार्फत नयाँ लागि चुनाव हुने भएको  हो। दुवै पक्ष छुट्टाछुट्टै प्यानल बनाएर प्रचारमा जुटेका छन्।

सत्तारुढ दल नेकपा निकट वैदेशिक रोजगार व्यवसायीहरू प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, गणतान्त्रिक वैदेशिक रोजगार मञ्च र तराई वैदेशिक रोजगार फोरमको संयुक्त प्यानल बनेको छ। यस प्यानलबाट सरोजकुमार पोखरेल अध्यक्षको उम्मेदवार बनेका छन्।

त्यस्तै, नेपाल कांग्रेस निकट वैदेशिक रोजगार व्यवसायीहरू संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका पूर्वअध्यक्ष विष्णु गैरे अध्यक्षका उम्मेदवार बनेका छन्। उनको नेतृत्वमा छुट्टै प्यानल बनेको छ।

अध्यक्षका उम्मेदवार पोखरेल संघका पूर्वमहासचिव हुन्। उनी निविदा कन्सर्न प्रालिका संचालक तथा मञ्च नेपालका संस्थापक अध्यक्ष हुन्।

त्यस्तै, अध्यक्षका अर्का उम्मेदवार गैरे संघका पूर्वउपाध्यक्ष हुन्। उनी अक्सन इन्टरनेशनल प्रालिका संचालक छन्।

संघको अध्यक्षसहित सात पदाधिकारी र १० कार्यसमिति सदस्यका लागि निर्वाचन हुँदै छ। दुवैतर्फका ३४ जनाले उम्मेदवारी दिएका छन्।

प्रकाशित मिति: १४:४५ बजे, सोमबार, असोज ६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्