एमसिसीका विपक्षमा भए माओवादी र एकीकृत समाजवादीले सरकार छोड्नुपर्छ : रामहरि खतिवडा
काठमाडाैं, फागुन १४ : नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसिसीका विपक्षमा भए सरकार छोड्नुपर्ने बताएका छन्।रिपोटर्स क्लब...
काठमाडाैं, फागुन १४ : नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसिसीका विपक्षमा भए सरकार छोड्नुपर्ने बताएका छन्।
रिपोटर्स क्लब नेपालले शनिबार काठमाडौंमा गरेका साक्षात्कारमा उनले सरकारमा सहभागी दलहरुले प्रधानमन्त्री शेरबहादुर देउवाले अघि सारेका प्रस्तावको पक्षमा नउभिएको भन्दै एमसिसीका विपक्षमा भए सरकार छोड्नुपर्ने बताएका हुन्।
उनले अहिले मुलुक स्थानीय तहको निर्वाचनतर्फ केन्द्रित हुनुपर्नेमा एमसिसीको कारण राजनीति अर्कैतर्फ मोडिएको बताए। आफ्नो पार्टीले सत्ता वा प्रतिपक्ष जेमा हुँदा पनि एउटै कुरा गरेको र कहिले पनि बोली नफेरेको उनको भनाइ छ।
साक्षात्कारमा एमाले नेता शेरबहादुर तामाङले मुलुकको राष्ट्रिय राजनीति अहिले तरलतामा नै रहेको टिप्पणी गरे। उनले एमसीसीबारे मिडिया, सामाजिक सञ्जाल र डबलीमा विरोध भए पनि यसको सही रुपमा छलफल संसदमा हुनुपर्ने बताए।
माओवादी केन्द्रका नेता तथा सांसद रामनारायण बिडारीले यो गठबन्धन कायम रहनेगरी र एमसिसी परिमार्जनसहित पारित गर्नेगरी सहमति हुने बताए। प्रधानमन्त्री देउवाले पनि प्रष्ट रुपमा वर्तमान गठबन्धन कायम राख्ने भनेर धारणा राखिसकेकोले गठबन्धन नटुट्ने उनकाे भनाइ थियाे।
लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनलले आफूहरु सुरुदेखि नै एमसीसीको पक्षमा उभिएको बताए। एमसिसीको हकमा भने प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवले दोहोरो चरित्र देखाएको उनले बताए। उनले एमसिसीबारे पहिले सरकारमा बसेकाहरुले आफ्नो दृष्टिकोण एक रुपमा ल्याउनुपर्नेमा जोड दिए।









![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)