Kathmandu Press

एमसिसी पारितमा साथ नदिने भए माओवादी सरकारबाट बाहिरिनुपर्छ : भट्टराई

काठमाडौं, फागुन १४ सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संसदबाट एमसिसी पारित गराउन साथ नदिने भए...
एमसिसी पारितमा साथ नदिने भए माओवादी सरकारबाट बाहिरिनुपर्छ : भट्टराई

काठमाडौं, फागुन १४ : सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संसदबाट एमसिसी पारित गराउन साथ नदिने भए माओवादी केन्द्र सरकारबाट बाहिरिनुपर्ने धारणा राखेका छन्।

आज (शनिबारं) काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एमसिसी पारित गराउने विषयमा सरकारलाई साथ दिन आग्रह गरे। त्यसो गर्न सकिँदैन भने प्रचण्डले एमसिसीबारे लटरपटर कुरा गरेर हिँड्न नहुने र सरकारबाट बाहिरनुपर्रने उनको भनाइ थियो।

‘खासगरी मेरा पुराना मित्र प्रचण्डजीलाई भन्छु– १३८ पुर्‍याएर एमसिसी पारित गर्नोस्, होइन भने तपाईं सत्तामा पनि बस्ने?’ उनले भने, ‘पहिलो विकल्प तपाईले साथ दिनुहोस्, होइन भने तपाई जानोस्, त्यसको ठाउँमा अर्को आउँछ। हामी बहुमत पुर्‍याएर पारित गर्छौं। हाम्रो धारणा स्पष्ट छ। लटरपटर कुरा हुँदैन ।’

उनले एमसिसी महत्वपूर्ण विषय भएको स्पष्ट पार्दै  संसदमा उपस्थित सांसदको बहुमतले नभई कुल सांसद संख्याको स्पष्ट बहुमतबाट पारित गर्नुपर्नेमा जोड दिए।

संसदमा ६८ जनाले कोरम पुग्ने, ३५ जनाले बहुमत हुने भए पनि एमसिसीका सन्दर्भमा त्यसो गर्नु उचित नहुने उनको भनाइ थियो।

‘संसदमा  सांसद संख्या २७५ हो। अहिले २७१ छ। यसको आधा १३८ हुन्छ,’  भट्टराईले भने, ‘१३८ भन्दा माथि पुर्‍याएर नै यसलाई पास गर्नुपर्छ। लटरपटर कर्मकाण्ड गरियो भने जनतामाथि धोका हुन्छ।’

प्रकाशित मिति: १६:४५ बजे, शनिबार, फागुन १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्