Kathmandu Press

माओवादी केन्द्र-एकीकृत समाजवादी छलफल : गठबन्धन जाेगाएर एमसिसीमा सहमति खोज्ने प्रयास

शनिबार सिंहदरबारमा दुई दलका प्रमुख नेताहरुबीच गठबन्धनलाई जारी राख्ने र एमसिसीमा सहमति जुटाउन छलफल भएको हो।
माओवादी केन्द्र-एकीकृत समाजवादी छलफल : गठबन्धन जाेगाएर एमसिसीमा सहमति खोज्ने प्रयास

काठमाडाैं, फागुन १४ : सत्तारुढ गठबन्धनका प्रमुख दुई घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धन नभत्किनेगरी एमसिसीमा सहमति खोज्ने प्रयास जारी राखेका छन्।

शनिबार सिंहदरबारमा दुई दलका प्रमुख नेताहरुबीच गठबन्धनलाई जारी राख्ने र एमसिसीमा सहमति जुटाउन छलफल भएको हो। छलफल पछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमसीसीमा सहमतिको बाटो खुलाउने प्रयास भइरहेको जानकारी दिए। उनले समस्याको समाधान हुनेगरि छलफल भइरहेको समेत बताए। प्रचण्डले गठबन्धन नटुट्ने दाबी गरे।

त्यस्तै नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले यथास्थितिमा एमसीसी पारित गर्न नसक्ने अडान कायम रहेको बताए। एमसिसीको मुद्दाले धेरै बिषयलाई असर पार्ने भएकाले संसदमा हुने निष्कर्षले नयाँ घटनाक्रम पैदा हुने उहाको भनाइ छ। उनले एमसिसीलाई गठबन्धनसँग जोड्न नहुने तर्क गरे।

त्यस्तै माओवादी नेता नारायणकाजी श्रेष्ठले एमसीसीमा मध्यमार्गीका विषयमा कुनै छलफल नभएको बताए। उनले मुलुकको हित विपरीतका प्रावधानलाई नसच्चाएसम्म एमसीसीलाई पारित गर्न नसकिने निर्णय कायमै रहेको जानकारी दिए।

एमसीसीका बारेमा मतभेद भएपछि गठबन्धन घटक दलहरु आन्तरिक छलफलमा व्यस्त भएका हुन्। एमसीसीका कारण दुईपटक स्थगित गरिएको प्रतिनिधिसभाको बैठक आइतबार नै बस्दैछ। 

प्रकाशित मिति: १५:२३ बजे, शनिबार, फागुन १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्