८५ वर्षमाथिका नागरिकलाई पाँच सयमै जहाजको टिकट
काठमाडौं, असोज ६ : श्री एयरलाइन्सले नयाँ घोषणा गरेको छ। ८५ वर्ष उमेर पुगेका ज्येष्ठनागरिकलाई पाँच सय रुपैयाँमै जहाजको टिकट उपलब्ध गराउने भएको छ।
....
काठमाडौं, असोज ६ : श्री एयरलाइन्सले नयाँ घोषणा गरेको छ। ८५ वर्ष उमेर पुगेका ज्येष्ठनागरिकलाई पाँच सय रुपैयाँमै जहाजको टिकट उपलब्ध गराउने भएको छ।
श्री एयरलाइन्सले ७५ वर्ष उमेर पुगेकालाई ५० प्रतिशत छुटमा हवाई टिकट उपलव्ध गराउने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले एयरलाइन्स कम्पनीहरुलाई ७० वर्ष माथिका ज्येष्ठनागरिकलाई ५० प्रतिशत छुट दिन आग्रह गरेका थिए।
आन्तरिक उडानमा रहेका ठूला एयरलाइन्स कम्पनीहरु बुद्ध एयर, यति एयरले छुट दिन नसकिने बताइ रहेकावेला श्रीले भने दशैं अगाडिनै लागू गर्ने भएको हो।
एयरलाइन्सले एक विज्ञप्ति निकाल्दै ८५ वर्ष पुगेका व्यक्तिले जम्मा पाँच सय रुपैयाँ तिरे श्री एयरलाइन्समा यात्रा गर्न पाउने छन्। उनीहरुले आफ्नो प्रमाण पुग्ने डकुमेन्ट देखाउनुपर्ने सूचना जारी गरेको छ।
त्यसैगरी, ७५ वर्ष पुगेका नागरिकलाई ५० प्रतिशत छुट दिने भएको छ। श्रीले उक्त निर्णय दशैंको घटस्थापनाको दिनबाट लागू गर्ने जनाएको छ।










-1754206481.jpg)
