युक्रेनमाथि रुस आक्रमणको घटनाबाट नेपालले शिक्षा लिनुपर्छ : नारायणकाजी श्रेष्ठ
काठमाडौं, फागुन १४ : माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपालले आफ्नो भूराजनीतिक संवेदनशीलतालाई ध्यान दिदै युक्रेनमाथि रुसले गरेको आक्रमणको घटनाबाट शिक्षा लिन सक्नुपर्ने बताएका...
काठमाडौं, फागुन १४ : माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपालले आफ्नो भूराजनीतिक संवेदनशीलतालाई ध्यान दिदै युक्रेनमाथि रुसले गरेको आक्रमणको घटनाबाट शिक्षा लिन सक्नुपर्ने बताएका छन्।
उनले आज (शनिबार) सामाजिक सञ्जालमार्फत त्यस्तो धारणा राखेका हुन्।
कुनै पनि शक्ति राष्ट्रले आफ्नो रणनीतिक स्वार्थका लागि अर्को राष्ट्रलाई प्रयोग गर्न खोज्दा र त्यसलाई स्वीकार गर्दा साना राष्ट्रको अस्तित्व नै गुम्ने खतरा उत्पन्न हुन सक्ने भनेर सो घटनाबाट शिक्षा लिनुपर्ने उल्लेख गरेका छन्।
उनले युक्रेनमाथिको आक्रमणको घटनाले कुनै पनि शक्ति राष्ट्रले आफ्नो रणनीतिक स्वार्थका लागि अर्को राष्ट्रलाई प्रयोग गर्न खोज्दा र त्यसलाई स्वीकार गर्दा साना राष्ट्रको अस्तित्व नै गुम्ने खतरा हुने पाठ सिकाएको बताएका छन् ।
‘अमेरिकाले युक्रेनको छिमेकी रुसको विरुद्ध युक्रेनलाई प्रयोग गर्न खोज्दा र युक्रेन त्यो भूमिकाको निम्ति तयार हुँदा आजको यो आक्रमण, युद्ध र अस्तित्व बिसर्जनको दुःखद घटना उत्पन्न भयो,’ श्रेष्ठले फेसबुकमा लेखेका छन्।
उनले सार्वभौमिक समानता र विश्व शान्तिको पक्षमा उभिन सबैसँग अपिल पनि गरेका छन्।








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)