Kathmandu Press

इन्डोनेसियामा भूकम्पबाट ७ को मृत्यु, ८५ घाइते

जकार्ता, फागुन १४ : शुक्रबार इन्डोनेसियाको पश्चिमी प्रान्तमा आएको भूकम्पमा परी ७ जनाको ज्यान गएको छ।सुमात्रा क्षेत्रमा आएको सो भूकम्पमा परी अरु ८५...
इन्डोनेसियामा भूकम्पबाट ७ को मृत्यु, ८५ घाइते

जकार्ता, फागुन १४ : शुक्रबार इन्डोनेसियाको पश्चिमी प्रान्तमा आएको भूकम्पमा परी ७ जनाको ज्यान गएको छ।

सुमात्रा क्षेत्रमा आएको सो भूकम्पमा परी अरु ८५ जना घाइते भएका थिए। शुक्रबारको भूकम्पले करिब दश हजार जति घरमा क्षति पनि पुर्याएको बताइएको छ।

यहाँको भूकम्प मापनसम्बन्धी एजेन्सीले दिएको जानकारीनुसार यो भूकम्प ६।१ रेक्टर स्केलको रहेको छ। सो क्षेत्रमा पछि पनि पराकम्पनहरु आइरहेकाले नागरिकहरुलाई सुरक्षित भएर बस्न भनिएको छ।

यहाँका करिब पाँच हजार जना नागरिकलाई घरबाट उद्धार गरेर आश्रयस्थलमा राखिएको छ। प्रारम्भिक रुपमा ३५ ओटा आश्रयस्थलहरु बनाएर राखिएको छ।

क्षतिको पूर्ण विवरण आइपुगेको छैन । प्रारम्भिक रुपमा गरिएको अनुमानमा अरु केही मानिसहरु घाइते भएको अनुमान गरिएको छ।

प्रकाशित मिति: १३:५३ बजे, शनिबार, फागुन १४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्