Kathmandu Press

१४ सांसदलाई नहटाइएसम्म संसदीय कामकारबाहीमा एमाले सहभागी हुँदैन : बादल

सुर्खेत, फागुन १४ : एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले एमालेको कारबाहीमा परेका १४ सांसदलाई नहटाइएसम्म आफूहरु संसदीय कामकारबाहीमा सहभागी नहुने बताएका छन्।आगामी प्रतिनिधिसभा...
१४ सांसदलाई नहटाइएसम्म संसदीय कामकारबाहीमा एमाले सहभागी हुँदैन : बादल

सुर्खेत, फागुन १४ : एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले एमालेको कारबाहीमा परेका १४ सांसदलाई नहटाइएसम्म आफूहरु संसदीय कामकारबाहीमा सहभागी नहुने बताएका छन्।

आज (शनिबार) सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गदैृ उनले एमसिसीबारे आफ्नो एमालेले प्रस्ट धारणा बनाइनसकेको पनि जानकारी दिए। माग पूरा भए एमालेले एमसिसीबारे आधिकारिक धारणा बनाउने उनको भनाइ थियो।  

सोही कुराकानीका क्रममा उनले पार्टीले टिकट दिए चितवन क्षाेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्ने पनि बताए। संविधानसभाको निर्वाचनमा पनि उनी त्यहीँबाटै विजयी भएका थिए। तर उनी त्यतिखेर माओवादीमा आबद्ध थिए।

प्रकाशित मिति: १३:४४ बजे, शनिबार, फागुन १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्