यथास्थितिमा एमसिसी पारित गर्न नसकिने पार्टीकाे स्पष्ट धारणा छ : नेपाल
काठमाडौं, फागुन १४ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसिसी पारित गर्न नसक्ने आफूहरुको स्पष्ट धारणा रहेको बताएका छन्।एकीकृत समाजवादीनिकट प्रगतिशील...काठमाडौं, फागुन १४ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसिसी पारित गर्न नसक्ने आफूहरुको स्पष्ट धारणा रहेको बताएका छन्।
एकीकृत समाजवादीनिकट प्रगतिशील प्राध्यापक संगठनले आज (शनिबार) काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एमसिसी वैदेशिक लगानी नभई विशुद्ध आर्थिक सहयोगको परियोजना हुनुपर्ने बताए।
उनले आफूहरू एकातिर देशको हितको रक्षा गर्नुपर्ने कर्तव्यबाट अभिप्ररित भएको र अर्कातिर प्रगतिशील गठबन्धनलाई जोगाउनुपर्ने उद्देश्य पनि राखिरहेको बताए। ‘त्यसकारण गठबन्धन जसरी पनि तोड्न खोज्ने तत्वलाइृ हामी पराजित गर्न चाहन्छौं,’ उनले भने।
उनले एमाले अध्यक्ष केपी ओलीले सिध्याउन खोजेको नेपाललाई आफूहरुले बचाएको पनि बताए। विगतमा एमसिसीलाई सैन्य रणनीतिको अंग बनाउने कागजमा ओली नेतृत्वको सरकारले हस्ताक्षर गरेको र बिमस्टेक संयुक्त सैन्य अभ्यासमा नेपाली सेना पनि सहभागी गराउन ओलीबाट भइरहेको तयारीलाई आफूहरुको विफल तुल्याइदिएको उनले बताए।
ओली नेतृत्वको सरकारले नै एमसिसीलाई इन्डोप्यासिफिक रणनीतिको एउटा अंग बनाएको आरोप पनि उनले लगाए। एमसिसीमा नेपालको संविधानको प्रतिकूल हुने कुनै पनि व्याख्या मान्य नहुने उनले बताए।
छिमेकी राष्ट्रहरूलाई असर पर्ने कुनै पनि काम नेपालको भूमिबाट हुन नहुनेमा उनले जोड दिए।
उनले एमसीसीका बहानमा एमालेले षड्यन्त्र गर्न खोजेको टिप्पणी गरे। एमसीसी सम्झौताको विषयलाई जोडेर एमालेले सभामुख र आफूसहित पार्टीका नेताहरुलाई अपदस्थ गर्न एमाले अग्रसर भएको उनको भनाइ थियो।








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)