Kathmandu Press

वार्ताको ढोका खुला राख्न रुसलाई फ्रान्सेली राष्ट्रपतिको आग्रह

ब्रसेल्स, फागुन १४ : फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँग वार्ताको ढोका खुला राख्न आग्रह गरेका छन्।उनीहरूबीच शुक्रबार भएको फोनवार्ताका क्रममा...
वार्ताको ढोका खुला राख्न रुसलाई फ्रान्सेली राष्ट्रपतिको आग्रह

ब्रसेल्स, फागुन १४ : फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँग वार्ताको ढोका खुला राख्न आग्रह गरेका छन्।

उनीहरूबीच शुक्रबार भएको फोनवार्ताका क्रममा फ्रान्सेली राष्ट्रपति म्याक्रोले सो धारणा राखेको हुन्।

रुसले युक्रेनमा आक्रमण गरेको दोस्रो दिन उनीहरुका बीचमा फोनमा कुराकानी भएको थियो। त्यसक्रममा राष्ट्रपति म्याक्रोंले वार्ताको ढोका खुला राख्दा त्यसले जतिसक्दो चाँडो युद्धविरामको वातावरण बन्न सक्ने बताएका हुन्।

रुसले आक्रमण गरेको दोस्रो दिन रुसी सैनिकहरू युक्रेनको राजधानी किभ पुगेका छन्। राजधानी किभको उत्तरी भेगमा रुसी सेना पुगेको युक्रेनले जनाएको छ। यहाँका नागरिकहरुले सामाजिक सञ्जालमा राखेका भिडिओहरूमा रुसी सेनाका टयांकरहरु युक्रेनको राजधानी किभ क्षेत्रमा गुडिरहेको देखिएको छ।

आमक्रमणको दोस्रो दिन शुक्रबार राजधानी किभ पुगेको रुसी सेनाबाट सहरको रक्षा गर्न युक्रेनी सैन्य गाडीहरू किभमा परिचालन गरिएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ।

युक्रेनले पूर्ण रुपमा सेना परिचालन गरेको बताएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले यहाँ आम रूपमा सेना परिचालनको आदेश दिएका छन्। यहाँ अतिरिक्त ड्युटीमा रहेका र जगेडामा रहेका सेनालाई काममा बोलाइएको छ।

त्यसैगरी यहाँका युवा जनशक्तिले पनि रुसी सेनाका विरुद्धमा लड्नुपर्ने भएको छ। यहाँका १८ देखि ६० वर्षका पुरुषहरूले देश छाड्न नपाउने घोषणा गरिएको छ।

प्रकाशित मिति: १२:२९ बजे, शनिबार, फागुन १४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्