Kathmandu Press

लमजुङ र मनाङ जाोड्ने बेंसीसहर–चामे सडक १५ दिन बन्द हुने

लमजुङ र मनाङ जाोड्ने बेंसीसहर–चामे सडक १५ दिन बन्द हुने
फाइल तस्बिर ।

लमजुङ, फागुन १४ : लमजुङ र मनाङ जोड्ने बेंसीसहर–चामे सडक १५ दिन बन्द हुने भएको छ । तिमाङ छहरामा रहेको काठे पुल जीर्ण भएकाले कल्भर्ट निर्माणका लागि बेंसीसहर–चामे सडक २ साताका लागि बन्द गरिएको हो।

सडक २० देखि चैत ५ गतेसम्मका लागि सडक बन्द हुने डुम्रे बेंसीसहर–चामे सडक योजना कार्यालयका सवइन्जिनियर हरि श्रेष्ठले जानकारी दिए । मनाङको नासों गाउँपालिका–९ स्थित तिमाङ छहरामा दुई ठाउँमा कल्भर्ट निर्माण गर्न लागिएको हो ।

तिमाङ छहरामा यसैवर्ष २ पटक काठेपुल बगाएको थियो । सवइन्जिनियर श्रेष्ठका अनुसार गत असारमा आएको बाढीले काठेपुल बगायो। पछि पुनः काठेपुल राखेर यातायात सञ्चालनमा भएकोमा गत कात्तिकमा आएको बाढी पहिराले समेत काठेपुल बगाएको थियो ।

त्यसपछि बनाइएको काठेपुल जीर्ण हुँदै गएको र आगामी बर्खायाममा फेरी समस्या उत्पन्न हुने भएकाले व्यवस्थित गर्न ढलानसहितको स्ल्याभ कल्भर्ट निर्माण सुरु गर्न लागेको श्रेष्ठको भनाई छ।

 

प्रकाशित मिति: ११:२० बजे, शनिबार, फागुन १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्