दुर्घटनामा घाइते भएका वडाध्यक्ष कार्कीको निधन

काठमाडौं, फागुन १४ : मोटरसाइकल दुर्घटनामा घाइते भएका सुर्खेत भेरीगंगा नगरपालिका–१ का वडा अध्यक्ष नवराज कार्कीको उपचारको क्रममा निधन भएको छ । कार्कीको शुक्रबार राति काठमाडौंको न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भेरीगंगा नगरपालिका–१२ छिन्चु बजार नजिक फागुन ८ गते उनी दुर्घटनामा परेका थिए । कार्की सवार मोटरसाइकलाई कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्बरको फोर्स गाडीले टक्कर दिएको थियो।
दुर्घटनामा कार्कीको टाउकोमा गम्भीर चोट लागेको थियो । कार्कीलाई ९ गते हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको थियो।
३० वर्षीय कार्की २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए।
प्रकाशित मिति: ११:११ बजे, शनिबार, फागुन १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)