राजनीति रक्तपातबिहीन युद्ध हो, युद्ध जारी छ : प्रचण्ड
काठमाडौं, फागुन १४ : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले युद्ध नरोकिएको बताएका छन् । उनले राजनीति रक्तपातबिहीन युद्ध भएको उल्लेख गर्दै युद्ध जारी...
काठमाडौं, फागुन १४ : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले युद्ध नरोकिएको बताएका छन् । उनले राजनीति रक्तपातबिहीन युद्ध भएको उल्लेख गर्दै युद्ध जारी नै रहेको बताएका हुन्।
जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले युद्ध रोकिएको र युद्ध जारी रहेको बताए। उनले वर्तमान राजनीतिक परिस्थितिमा पछि हटे जस्तोमात्र देखिएको बताए।
कार्यक्रमलाई सम्बोधन गर्र्दै प्रचण्डले युद्ध र राजनीति भनेको माओत्सेतुङले भनेजस्तै भएको बताए। ‘युद्ध रक्तपातपूर्ण राजनीति हो, राजनीति रक्तपातबिहीन युद्ध हो,’ उनले भने, ‘अहिले हामी रक्तपातबिहीन युद्धमा छौं।’
प्रकाशित मिति: १०:५६ बजे, शनिबार, फागुन १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)