जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै, एमसिसीबारे निर्णय गर्ने
काठमाडाैं, फागुन १४ : सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबार बस्दैछ। एमसिसीबारे निर्णय गर्न जसपाको केन्द्रीय कार्यकारिणी समिति...
काठमाडाैं, फागुन १४ : सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबार बस्दैछ। एमसिसीबारे निर्णय गर्न जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्न लागेको हो।
एसिसीबारे धारणा बनाउनका लागि शुक्रबारको बैठमा सबै सदस्यलाई एमसिसी सम्झौता वितरण गरिएको थियो ।
संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई एमसिसी अनुमोदन गर्नुपर्ने पक्षमा छन् भने पार्टी अध्यक्ष उपेन्द्र यादव पक्ष या विपक्षमा खुलेका छैनन्।
नेपाली कांग्रेस एमसिसी अनुमोदनको पक्षमा हुँदा सत्ता गठबन्धनका अन्य दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी विपक्षीमा उभिएका छन्।
प्रकाशित मिति: १०:०२ बजे, शनिबार, फागुन १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)