Kathmandu Press

इलाममा एकै पटक एक सय ५७ कैदी बिरामी

इलाम, असोज ६ : इलाम कारागारका एक सय ५७ कैदीबन्दी एकैपटक बिरामी परेका छन्।

केही दिनयता कैदीहरु एकाएक बिरामी पर्दै गएको र बिरामी एक अर्कामा सर....

इलाममा एकै पटक एक सय ५७ कैदी बिरामी

इलाम, असोज ६ : इलाम कारागारका एक सय ५७ कैदीबन्दी एकैपटक बिरामी परेका छन्।

केही दिनयता कैदीहरु एकाएक बिरामी पर्दै गएको र बिरामी एक अर्कामा सर्दै जाँदा प्रायः सबै कैदीलाई सङ्क्रमण देखा परेको कारागारले जनाएको छ। कैदीलाई टाउको दुख्ने, छाती दुख्ने, वान्ता हुने ज्वरो आउने लक्षण देखा परेको कारागार प्रमुख प्रदीप श्रेष्ठले बताए।

Hardik ivf

‘एकैपटक ठूलो संख्यामा कैदी बिरामी परेपछि उपचारमा समेत धौधौ परेको छ,’ उनले भने। धेरै कैदीबन्दी बिरामी परेपछि इलाम अस्पतालबाट चिकित्सकको टोली लगेर कारागारमा नै उनीहरुको उपचार भइरहेको छ।

कारागार साँघुरो भएकाले पनि कैदीलाई सहज उपचार गर्न सकिएको छैन। कारागारको क्षमताभन्दा दोब्बर कैदीबन्दी भएकाले पनि उपचार सेवामा कठिनाइ भएकाले रोग सर्दै गएको हो।

‘शनिबार ७८ मात्र बिरामी थिए। आइतबार बढेर एक सय ५७ को सङ्ख्या पुग्यो,’ जेलर श्रेष्ठले भने, ‘अरू कैदीलाई पनि जोगाउन साह्रै गाह्रो भएको छ।’

कारागारमा हाल दुई सय ६० कैदी रहेका छन्। जहाँ एक पुरुष र २५ महिलाको क्षमता रहेको कारागारमा दुई सय ३७ पुरुष, २१ महिला र दुई नाबालक छन्। (रासस)

 

प्रकाशित मिति: ११:०५ बजे, सोमबार, असोज ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्